आफ्नै कलेजकी विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि के भन्छन् युवराज संग्रौला ?-Sutra News

आफ्नै कलेजकी विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि के भन्छन् युवराज संग्रौला ?

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडाैं । प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्न माग गरेका छन्।



आइतबार काठमाडाैं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले आफूलाई लागेको उक्त आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए।

एक विद्यार्थीले इन्स्टाग्राममा संग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे अवमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी थिइन्। उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्काशनको धम्की दिने गरेको समेत दाबी गरेकी छन्।

तर, संग्रौलाले भने कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएको दाबी गरे।

उनले भने, ‘मेरो ३७ वर्षको इन्टिग्रेटीमा राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हत्कडी लगाएर लैजान सक्छ। तर कुनै एउटा व्यक्तिले सामाजिक सञ्जालमा आफू कुन अवस्थामा छ भन्ने पनि राम्रोसँग नबुझी सामाजिक सञ्जालमा आएर गाली बेइज्जति गर्छ, आमाचकारी बोली बोल्छ, म तलाई मार्छु, तेरो छोरी मार्छु भन्छ र उ आफै के भन्छ भने म पीडित होइन अरूको पीडाको लागि बोलेको छु।’

काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशकसमेत रहेका संग्रौलालाई कलेजको पाँचौ वर्षमा अध्यनरत् एक विद्यार्थीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट