

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्न नहुने बताएका छन्।
शनिबार हेटौडामा आफ्नो फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्, फोटो जलाउँदैमा गिरफ्तार गर्नु हुँदैन।’
बमले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए। त्यस कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए।