

काठमाडाैं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकाले ठूलो कदम चाल्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्न वार्ता गर्ने भएका हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यमसँग कुराकानी गर्दै ट्रम्पका विशेष दूत स्टिभ विटकफले यो जानकारी दिएका हुन्।
जनवरीमा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि दुई देशका नेताहरूले रुस-युक्रेन युद्धको बारेमा सार्वजनिक रूपमा छलफल गर्न लागेकाे याे दोस्रो पटक हाे। ट्रम्प र पुटिनले फेब्रुअरीमा वार्ता गरे र युक्रेनमा युद्ध अन्त्य गर्न उच्चस्तरीय वार्ता सुरु गर्न सहमति गरे ।
“मलाई लाग्छ यस हप्ता दुई राष्ट्रपतिहरू बीच धेरै राम्रो र सकारात्मक छलफल हुनेछ,” विटकफले सीएनएनसँगकाे कुराकानीमा भने,”…मलाई साँच्चै आशा छ कि हामीले यहाँ केही वास्तविक प्रगति देख्नेछौं ।”
विटकफले युक्रेनमाथि देशको आक्रमण अन्त्य गर्न यस हप्ता रूसमा पुटिनलाई भेटेका थिए। अमेरिकी विशेष दूतले चाँडै नै सम्झौता हुने आशा व्यक्त गरेका छन् ।
कुर्स्कमा युक्रेनलाई धक्का लाग्यो
युक्रेनको जनरल स्टाफले सुड्झा शहरबाट आफ्ना सेना फिर्ता बोलाएको पुष्टि गरेको छ। रुसले शहर पुनः कब्जा गरेको दाबी गरेको केही दिनपछि युक्रेनले यो घोषणा गरेको हो।
सुड्झा रुसको कुर्स्क क्षेत्रमा युक्रेनले कब्जा गरेको सबैभन्दा ठूलो शहरहरू मध्ये एक थियो।
युक्रेनी सेनाले यो क्षेत्र छोड्नु जेलेन्स्कीको लागि ठूलो धक्का हो। यसको रुसको आक्रामक रणनीतिलाई प्रतिबिम्बित गर्दछ, जसमा उसले युक्रेनी सेनालाई पछाडि धकेल्ने प्रयास गरिरहेको छ।
रिपोर्टहरूका अनुसार, सुड्जा रुस-युक्रेन युद्धको केही भयंकर लडाइँहरूको केन्द्र रहेको छ। आक्रमण हुनुभन्दा पहिले यहाँकाे जनसंख्या ५ हजार थियाे ।
युक्रेनका शीर्ष सैन्य कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले बिहीबार भने कि रुसी विमानहरूले सुड्जामा यति धेरै आक्रमण गरेका थिए कि शहर लगभग पूर्ण रूपमा ध्वस्त भइसकेको थियो। गत वर्ष अगस्टमा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले आक्रमण गरेको थियो। रुसी सेनाले यस क्षेत्रको अधिकांश भाग पुनः कब्जा गरेको छ। एजेन्सीबाट