क्रेस्ट माइक्रो लाइफको आइपीओ मंगलबार बाँडफाँड हुने-Sutra News

क्रेस्ट माइक्रो लाइफको आइपीओ मंगलबार बाँडफाँड हुने

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार चैत ५ गते बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो।



उक्त आइपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।

उक्त आइपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने जनाइएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट