

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन राखेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सिंहले सरकारकै सांसदबाट यस्तो कुरा आएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले देशका युवाहरू रोजगार तथा पढाइका लागि विदेशिएका बेला देशमा मात्र कलिला छोरीचेली र आमाहरू रहेको उल्लेख गर्दै यो देश प्रकृतिको सुन्दर देश भएको बताए।
उनले विश्वको जलस्रोतको धनी देश भएर पनि धेरै पैसा खर्च गर्ने पर्यटन भित्र्याउन यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु राम्रो नहुने जिकिर गरे। उनले दिनको लागि राजा फालिएको हो भन्दै प्रश्न समेत गरेका छन्।
उनले भने,’देशका युवाहरू विदेशिएका छन् अब मात्र कलिला छोरी चेली र आमाहरू मात्र छन्। यो देश प्रकृतिको सुन्दर दे हो। विश्वको जलस्रोतको धनी देश हो। यो देश माता सीता र बुद्ध जन्मिएको भूमि हो। यही दिनको लागि राजा फालिएको हो?’
प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसाय सञ्चालन गरे आर्थिक र पर्यटक पनि बढ्ने बताएका थिए। यस्तै सांसद सिंहले मर्यादाहीन तरिकाले पेस भएको भन्दै रेकर्डबाट हटाएर सांसद पन्तलाई सचेत गराउन माग गरे।