स्ववियु : पद्मकन्या क्याम्पसमा पहिले बाघी उठेकी भूपीलाई नेविसंघले बनायो आधिकारिक उम्मेदवार-Sutra News

स्ववियु : पद्मकन्या क्याम्पसमा पहिले बाघी उठेकी भूपीलाई नेविसंघले बनायो आधिकारिक उम्मेदवार

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । नेपाल विद्यार्थी संघले पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भूपी ऐर भएको स्पष्ट पारेको छ।



निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो।

पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भूपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए।

यअसघि नेविसंघले पुर्णिमाया परियारलाई सभापति उम्मेदवार बनाएपछि ऐर बागी उठेकी थिइन्।

त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भूपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिए।

परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन्।

त्यस बेला आधिकारिकरुपमा उम्मेदवारी दर्ता गराएकी पुर्णिमाया परियारलाई वर्तमान सभापति ज्योति पनेरुले साथ दिएकी छन्। ज्योतिले पुर्णिमाया सभापति र विपना न्यौपाने सचिव रहेको प्यानल नै नेविसंघको आधिकारिक भन्दै मत मागेकी छन्।

ऐर हालको स्ववियू सचिव र परियार सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट