एडल्ट सर्टिफिकेटसहित ‘११:५५’ सेन्सर पास, डेव्यु अनुभवबारे के भन्छन् सागर ?-Sutra News

एडल्ट सर्टिफिकेटसहित ‘११:५५’ सेन्सर पास, डेव्यु अनुभवबारे के भन्छन् सागर ?

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । आगामी चैत्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)बाट सागर खनालले अभिनय डेव्यु गर्दैछन् । लामो समयको प्रतिक्षा पश्चात ठुलो पर्दाको सिनेमामा डेव्यु गर्न पाउँदा उनी निकै उत्साहीत समेत छन् ।



सिनेमामा डेव्यु गर्नको लागि आफुले कडा मेहनत गरेको दाबी अभिनेता खनालको छ । यसअघि थुप्रै टिभिसी एड र केही म्युजिक भिडियोमा काम गरेपनि ठुलो पर्दाको यो नै पहिलो सिनेमा हो । आफ्नो सपना पुरा हुने संघारमा रहँदै गर्दा सागरमा उत्साहसँगै डर पनि उत्तिकै छ । किनभने आफ्नो पहिलो कामलाई दर्शकले कसरी लिन्छन् अनि कस्तो प्रतिक्रिया मिल्छ भन्ने डर उनमा छ ।

ओस्कार कलेजमा अभिनय नै पढेका उनलाई ठुलो पर्दाको सिनेमा ‘११ः५५’मा मुख्य भूमिकामा विश्वास गरेकोमा उनी निर्माण टिमप्रति आभार प्रकट गर्छन् । आफुने निर्माण टिमको विश्वास नटुट्ने गरी काम गरेकाले आफ्नो काम देखेर निर्माण टिमपनि खुशी बनेको क्षण सम्झन्छन् । आगामी दिनमा अझै राम्रा र चुनौती पूर्ण रोलमा काम गर्ने उनको इच्छा छ । त्यसको लागि अहिले उनी आफुलाई तयार समेत गरिरहेका छन् ।

यो सिनेमाबाट आफुलाई डेव्युको प्रेसर नलिएको सागरले बताए । ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिए । सिनेमा डेव्यु तयारीको लागि समय पनि लिए । झ्वाट्टै आइहालेको पनि होइन् । कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर नै आएकाले पनि आफुले डेव्युको प्रेसर नलिएको हुँ,’ अभिनेता डेव्यु खनालले भने ।

यति भन्दै गर्दा यो सिनेमालाई अडियन्सको रेस्पोन्स कस्तो आउला । केभन्लान, कसरी लिन्छन् आफ्नो अभिनयलाई भन्ने प्रेसर चाहीँ हुने उनले सुनाए । यो सिनेमामा यो नै मुख्य पात्र भन्ने छनै । सिनेमाका प्रचार सामाग्री टिजर, गीत, पोस्टर र ट्रेलरमा देखिएका सवै पात्र नै मुख्य रहेको सागर बताउँछन् । विशेषगरीः आफु ओस्कार कलेज पढ्दै गर्दा अभिनय पढाएका महेश त्रिपाठीसँग स्क्रिन सेयर गर्न पाउनु सवैभन्दा ठुलो उपलब्धी जस्तो उनलाई लाग्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । यससँगै सिनेमा सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले सिनेमालाई एडल्ट सर्टिफिकेट दिएको छ । यो सिनेमा १६ वर्ष मुनिका बालबालिकाले यो सिनेमा हेर्न पाउने छैनन् ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट