चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली-Sutra News

चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।



भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।

कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले दाबी गरेको छ ।

घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट