

काठमाडौं । पछिल्लो समय राजावादीको गतिविधि बढ्दै जाँदा गणतन्त्रवादी दलहरु एकतावद्ध रुपमा राष्ट्रिय सहमतिको सरकार बनाउने चर्चा चलिरहेको छ । यसबारे अहिले चलिरहेको चर्चालाई सत्तारुढ दल नेकपा एमालेले भने बेमौसमीको संज्ञा दिएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले संकटको अवस्थामा कसैले पनि सत्तामा जाने भर्याङ बनाउन नहुने बताए ।
राष्ट्रिय सहमतिको सरकारबारे उनले भने, ‘यो एकदमै बेमौसमी विषय हो। यो बिषयमा हामी प्रवेश गरेनौं। यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो ?’
आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए । तर आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले त्यस्तो कुनै छलफल नभएको भन्दै खण्डन गरेको छ ।