

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी नहुने बताएका छन्।
सोमबार काठमाडाैंमा जसपाका नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले माओवादी वर्तमान सरकारमा जाने हल्ला निराधार भएको बताए।
‘कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको चर्चा भइराखेको चर्चा भइराखेको छ। सामाजिक सञ्जाल, साथीभाइहरूले फोन मार्फत चासो राखेका छन्। आज म यो मञ्चबाट भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ, उनले भने।
तथापि देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्नेमा आफूहरूले विचार उनले बताए।
सरकारमा जानेबारे कोहीसँग पनि औपचारिक कुराकानी नभएको उनले जिकिर गरे। यद्यपि टीआरसी, बेपत्तासम्बन्धी विषयमा छलफल भइरहेको उनको दाबी छ।