‘बले’ले आफ्नो नामको फ्यान क्लब चलाएर मेरो चरित्रहत्या गर्नुभयो : प्रिज्मा खतिवडा-Sutra News

‘बले’ले आफ्नो नामको फ्यान क्लब चलाएर मेरो चरित्रहत्या गर्नुभयो : प्रिज्मा खतिवडा

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । टिकटकर प्रिज्मा खतिवडाले सागर लम्साल ‘बले’ले आफ्नो नामको फ्यान क्लब चलाएर चरित्रहत्या गरेको आरोप लगाएकी छिन्।



एक भिडिओ अन्तर्वार्तामा प्रिज्माले सागर लम्सालले नै ‘सागर लम्साल फ्यान्स क्लब’ प्रयोग गरेर आफ्नो चरित्रहत्या गरिरहेको बताइन्।

प्रिज्माले भनेकी छिन्, ‘उहाँ (सागर लम्साल)को फ्यान पेज उहाँ आफैँले चलाउनु हुन्छ। यो कुरा हामीले धेरै ठाउँबाट पत्ता लगायौँ।’

उनले ब्रेकअपको समाचार आएपछि आफ्नो अकाउन्टबाट सागरसँग सहकार्य गर्दा खिचेका विभिन्न प्रोमोसनल भिडिओ हटाएको र आफूले पनि सागरलाई सबै हटाइदिन आग्रह गरेको बताइन्।

‘मैले उहाँलाई ‘तपाईँको अकाउन्टबाट पनि यो सबै डिलिट गरिदिनु’ भनेर रिक्वेस्ट गरेकी थिएँ। तर, उहाँले डिलिट गरिदिनु भएन, उनले भनिन्।

सागरले एक हप्तासम्म भिडिओ प्राइभेट गरे पनि त्यसपछि भने पब्लिशमा राखेको प्रिज्माको आरोप छ।

सागरको कुनै नयाँ गीत आए पुराना भिडिओ प्रयोग गरेर उक्त फ्यान क्लब टिकटक अकाउन्टमा पोस्ट गर्ने गरेको भन्दै प्रिज्माले थपिन्, ‘त्यसको (फ्यान पेज) एक्सेस चाहिँ उहाँसँग नै छ भन्ने कुरा मैले थाहा पाइसकेको थिएँ। उहाँको बिहे भइसकेपछि पनि त्यही फ्यान क्लब अकाउन्टबाट मेरो फोटो फरक सन्दर्भ राखी प्रयोग गर्नु भयो।’

उनले बारम्बार लम्साललाई व्यक्तिगत र फ्यान क्लब अकाउन्टबाट भिडिओ हटाउन अनुरोध गरेको सुनाइन्।

‘उहाँको फ्यान क्लब अकाउन्टबाट ह्याशट्याग कपल, कुन कपल राम्रो छ, जस्ता पोस्ट, क्याप्सन र फोटो आउन थाले। त्यही अकाउन्टबाट मलाई जोडेर एडिट गरी नयाँ नयाँ भिडिओ आउन थाले। जोडी नै नभएको कुरामा जबरजस्ती फ्यान पेजबाट कपल-कपल भनेर लग्दा राम्रो भएन’, उनले भनेकी छन्।

त्यस अन्तर्वातामा उनले सागरसँग आफू कहिल्यै प्रेम सम्बन्धमा नरहेको र कुनै एउटा अन्तर्वार्तामा भावुक हुँदा दर्शकले त्यही विषयलाई ब्रेकअपसँग जोडेको दाबी गरिन्।

छ महिनाअघि प्रहरीमा निवेदन दिएपछि फ्यान क्लब अकाउन्ट र व्यक्तिगत अकाउन्ट कतै पनि आफ्नो फोटो नराख्ने सर्तमा मिलापत्र भएको प्रिज्माको भनाइ छ। तर, सागरले अप्रत्यक्ष रूपमा आफूलाई व्यङ्ग्य गरेपछि पुनः कानुनी उपचार खोज्न बाध्य भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट