राजा फर्काउने समितिमा आफूहरूको नाम नसोधी राखिएको भन्दै रिसाए लिङ्देन र थापा-Sutra News

राजा फर्काउने समितिमा आफूहरूको नाम नसोधी राखिएको भन्दै रिसाए लिङ्देन र थापा

सोमबार, ४ चैत्र २०८१

सोमबार, ४ चैत्र २०८१

काठमाडौं । राप्रपाका नेता नवराज सुवेदीकाे नेतृत्वमा राजसंस्था पुनः स्थापनका लागि संयुक्त जनआन्दोलन समिति घोषणा गरिएको छ।



सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन्। मिश्र सदस्य सचिव रहेका छन्।

तर, राप्रपा अधक्ष्य लिङ्देन र राप्रपा नेपाल अधक्ष्य थापाले नै राजा फर्काउने त्यस समितिमा आफूहरूको नाम राखिएको बारे जानकारी नभएको बताएका छन्।

अधक्ष्य लिङ्देनले आफू त्यस समितिमा नबस्ने निर्णय गरेका छन्।

उनले भने, ‘समिति निर्माण प्रक्रियाबारे मलाई कुनै जानकारी छैन। यस्तो एकलौटी पारामा गठन गरेपछि बस्ने कुरै आउँदैन। तर राजसंस्थाको पक्षमा हुने जुनसुकै अभियानमा राप्रपाको साथ सहयोग हुन्छ।’

कमल थापाले पनि आफू त्यस समितिमा नबस्ने उल्लेख गर्दै भनेका छन्, ‘समिति बनेको छ भनेर मलाई थाहा थिएन। यसरी गठन भएको समितिमा बस्ने कुरै आउँदैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार