

काठमाडौं । नायिका उपासना सिंह ठकुरीले फिल्म ‘कर्मा’मा काम गरेपछि आफूलाई पनि एक्सन फिल्ममा काम गर्न रहर लागेको बताकी छन्।
उपासनाले अभिनेता विपीन कार्कीको एक्सन हेरेपछि आफूलाई पनि एक्सनमा काम गर्न मन रहर लागेको बताइन्।
उनले भनिन्, ‘फिल्ममा म एक्सन गर्ने नायकको अपोजिट भूमिकामा छु। फिल्ममा मेरो भने एक्सन छैन। तर, एक्सन फिल्ममा काम गरिरहँदा मलाई पनि एक्सन गर्ने रहर भने पलाएको छ।’
उनले अब यस्ता फिल्मबाट अफर आउँछ भन्नेमा आफू आशावादी रहेकोसमेत बताइन्।
चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्।
यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय छ।