सुनको मूल्यले बनायो नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढ्दै मंगलबार स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारकाे मूल्य अघिल्लो रेकर्डभन्दा ७ सय रुपैयाँले बढी हो । गएको शुक्रबार स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

शुक्रबार यता सुनको मूल्य सामान्य करेक्सन देखिएको थियो ।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा मंगलबार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । मंगलबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बृद्धि भएको हो ।

महासंघका अनुसार मूल्य बढेसँगै मंगलबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार १४ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा १६ डलरले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट