

काठमाडौं । डिशहोमले १ जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत यो प्याकेजलाई अल्ट्राम्याक्स नाम दिइएको छ ।
विशेषगरी धेरै डिभाइस चलाउनेहरू, भिडिओ स्ट्रिमिङ, गेमिङ र अनलाइन मिटिङ गर्नेहरूका लागि यो योजना उपयुक्त हुने कम्पनीले जनाएको छ । नेपालकै पहिलो वाई-फाई सिक्स प्राइमरी राउटर सहितको यो प्याकेज स्मार्ट होम, आईओटी डिभाइस र उच्च गतिको इन्टरनेट प्रयोग गर्न चाहने ग्राहकका लागि उपयोगी हुने कम्पनीको भनाइ छ ।
यस अन्तर्गत कम्पनीले वाई-फाई सिक्स प्राइमरी राउटर, पाँच लाख रुपैयाँको जीवन बीमा योजना र वाई-फाई एक्सटेन्डर (गिगाहोम मेश नोड) सित्तैमा उपलब्ध गराउने छ ।
डिशहोमका अनुसार वाई-फाई सिक्स टेक्नोलोजी भएका राउटर पुराना राउटरभन्दा फास्ट हुन्छन्, जुन फोरके/एटके भिडिओ स्ट्रिमिङ, आईपीटिभी, भीआर, अनलाइन गेमिङका लागि उपयुक्त हुन्छ ।
यो प्रविधिमा एकैसाथ ६४ ओटा डिभाइससम्म इन्टरनेट जडान गर्न सकिने बताइएको छ । साथै, प्यारेन्टल कन्ट्रोल तथा सुरक्षित नेटवर्क पहुँचको सुविधा पनि छ । वाई-फाई सिक्सले स्मार्ट लाइट, सेक्युरिटी क्यामेरा, स्मार्ट स्पिकरजस्ता आईओटी उपकरणहरू सजिलै कनेक्ट गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।