शहरी विकास मन्त्रालयको वित्तीय प्रगति कमजोर, ९ महिनामा १७ प्रतिशत मात्रै बजेट खर्च-Sutra News

शहरी विकास मन्त्रालयको वित्तीय प्रगति कमजोर, ९ महिनामा १७ प्रतिशत मात्रै बजेट खर्च

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । शहरी विकास मन्त्रालयले चालू आर्थिक बर्षमा जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार खर्च गरेको छ । मन्त्रालयले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक बर्षको मन्त्रालयको बजेट जम्मा रू ९१ अर्व ३५ करोड २३ लाख रहेकोमा हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात १७ दशमलव ९३ प्रतिशत खर्च भएको जनाएको हो ।



चालू आर्थिक बर्षको जम्मा ३ हजार ७ सय १६ वटा नयाँ कार्यक्रमहरू मध्ये जम्मा १ हजार ६ सय २३ वटा कार्यक्रमहरूको बोलपत्र आव्हान भईसकेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी बोलपत्र आव्हान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरू मध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ ।

बोलपत्र आव्हान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरू मध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुबर्षीय स्वीकृतिको लागि प्रस्तावित गरिएको र ८० वटा कार्यक्रमहरू संशोधनका लागि प्रस्तावित गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।

चालू आर्थिक बर्षमा १०० कि.मी ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य रहेकोमा हालसम्म झापा, रोल्पा र पर्वत गरी ३ जिल्लाहरुमा जम्मा ८ दशमलम ६ कि.मी. निर्माण भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा सडकपुल निर्माण सम्पन्न भईसकेको र ३३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुंगे पुल निर्माण सम्पन्न मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार