

काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो। सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलेको थियो।
बाँडफाँटका क्रममा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन्। आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ।
आईपीओमा १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएको थियो। १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ।
गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ। त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ। सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ।