कसको हो कुसान लामामार्फत समातिएको २५ करोड रकम ?-Sutra News

कसको हो कुसान लामामार्फत समातिएको २५ करोड रकम ?

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । प्रहरीले करिब २५ करोड विदेशी मुद्रासहित सिन्धुपाल्चोक भोटेकोशीका कुसाङ लामालाई पक्राउ गरेको छ । सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोरबाट उनलाई सो रकमसहित पक्राउ गरेको हो ।



प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रकसहित समातेको छ ।

लामाले ट्रकमा फल्स बटम बनाएर लुकाइ छिपाई केरुङतर्फ विदेशी रकम लैजाँदै थए । उनले सो ट्रकमा चालक भरियाको रुपमा काम गरिरहेको भेटिएको छ ।

तर, उनी कसको भरिया हुन् भन्ने चाहिँ खुलेको छैन । प्रहरीले गोप्य सूचनाका आधारमा लामालाई समातिएको जनाएको छ ।

लामा यसअघि पनि ७ किलो सुन तस्करी प्रकरणमा पक्राउ परी जेल परेका थिए । जेलबाट छुटेसँगै पुनः तस्करीमा जोडिएको पाइएको प्रहरीले जनाएको छ ।

अहिले समातिएको कसको रकम हो भन्ने खुलेको छैन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जनाएअनुसार रकमको स्रोतबारे खोजी भइरहेको छ ।

“बरामद सामानसहित लामालाई राजश्व विभागमा पठाइएको छ। अवैध रकमको बारेमा थप अनुसन्धानपछि मात्र खुल्नेछ”, बस्नेतले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट