‘अञ्जिला’ले अहिलेसम्म कति कमायो ?-Sutra News

‘अञ्जिला’ले अहिलेसम्म कति कमायो ?

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । गत बिहीबार देखि प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले दर्शकको राम्रै साथ पाइरहेको छ।



निर्माण पक्षका अनुसार फिल्मले राम्रो व्यापार गरिरहेको छ। फिल्मले ३ दिनमा देशव्यापी २ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता प्रेम कुमार श्रेष्ठले बताए। त्यसपछिको व्यवसाय भने सार्वजनिक गरिएको छैन।

मिलन चाम्सले निर्देशन गरेको यस फिल्ममा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापे सुब्बा स्वयंको मुख्य भूमिका छ। उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायत कलाकारको अभिनय छ।

फिल्मले एन्जिलाले फुटबलर बन्न गरेको संघर्ष र सफलताको कथा भनेको छ। केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बू निर्माता छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट