नेपाल आएको केही दिनपछि गुलाम अलीका तीन पुस्ताले गाए ‘गजल उनकै गीत उनकै’ (भिडियो)-Sutra News

नेपाल आएको केही दिनपछि गुलाम अलीका तीन पुस्ताले गाए ‘गजल उनकै गीत उनकै’ (भिडियो)

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, उनका छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ। गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत छ ।



गजलको भिडियोमा केही दिनअघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन्।

भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ। प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ।

गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन्।

गजलकार मनोज खड्काले उस्ताद गुलाम अली खानको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए। भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ।

भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट