

एजेन्सी : धार्मिक भावनामा ठेस पुर्याएको भन्दै भारतीय अभिनेत्री हेमा मालिनीविरूद्ध उजुरी दर्ता भएको छ।
उनी हालै पुरी जगन्नाथ मन्दिर दर्शन गर्न पुगेकी थिइन्। मन्दिरबाट भिडिओ सार्वजनिक भएपछि विवाद सुरू भएको हो। उनको मन्दिरमा प्रवेश अवैध रहेको बताएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हेमा मालिनीविरूद्ध स्थानीय संगठन श्री जगन्नाथ सेनाले उजुरी दर्ता गरेका छन्। हेमाले धार्मिक नियमलाई उल्लंघन गरेको भन्दै सिंहद्वार पुलिस स्टेशनमा उजुरी परेको छ।
संगठनले हेमा मालिनीले धर्मेन्द्रसँग विवाह गरेपछि इस्लाम धर्म अपनाएको आरोप लगाएको छ। उनीहरूको विवाह पनि मुस्लिम रीति रिवाज अनुसार भएकाले उनले मन्दिर प्रवेश गरेपछि हिन्दु धार्मिक भावनामा ठेस पुगेको बताएको छ।