राप्रपाले राजा फर्काउन लिङदेनको नेतृत्वमा आन्दोलन गर्ने, नवराज सुवेदीको समितिलाई पनि साथ-Sutra News

राप्रपाले राजा फर्काउन लिङदेनको नेतृत्वमा आन्दोलन गर्ने, नवराज सुवेदीको समितिलाई पनि साथ

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि आफैंले आन्दोलनको अगुवाइ गर्ने निर्णय गरेको छ। नवराज सुवेदीको संयोजकत्वमा बनेको समितिमा सहभागी नहुने भन्दै राप्रपाले आफैं आन्दोलन गर्ने निर्णय गरेको हो।



आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

यसअघि महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति थियो। राणाले सोही समितिका नाममा आफैंले आन्दोलनका कार्यक्रमहरु बनाएर कार्यकर्ता परिचालन गर्दै आएका थिए, तर आजको बैठकले लिङदेनकै नेतृत्वमा आन्दोलनमा जाने निर्णय गर्यो।

आजको वैठकमा बहुमत सदस्यहरुले राप्रपा आफैंले आन्दोलनको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए।

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले समान विचार र सिद्धान्त बोकेका सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

नवराज सुवेदी नेतृत्वको हिजो गठित समितिलाई राप्रपाले सहयोग गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट