‘विद्यार्थी दलको हुनुहुँदैन’ भन्दै चुनाव लडेका श्रेष्ठले जिते पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति-Sutra News

‘विद्यार्थी दलको हुनुहुँदैन’ भन्दै चुनाव लडेका श्रेष्ठले जिते पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्।



कुल ३ हजार मतदातामध्ये १ हजा १ सय २ मतसहित श्रेष्ठ बिजयी भएका हुन्। दोस्रो स्थानमा रहेकिा माओवादी निकट अखिल क्रान्तकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन्।

विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए। विद्यार्थीको प्रतिनिधि दलको हुनुपर्छ भन्ने भाष्य तोड्नुपर्ने उनको चुनावी एजेन्डा थियो।

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन्। कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट