संजयलीला भन्सालीको फिल्ममा सानो रोलमा खेल्दै छिन् निकिता चाण्डक-Sutra News

संजयलीला भन्सालीको फिल्ममा सानो रोलमा खेल्दै छिन् निकिता चाण्डक

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । अभिनेत्री निकिता चाण्डकले प्रसिद्ध भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको आगामी फिल्ममा काम गर्ने भएकी छन्।



इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै चाण्डकले भन्सालीको सिनेम्याटिक विश्वको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको लेखेकी छन्।

उनले आफू भन्सालीको फिल्ममा सानो भूमिकामा देखिन लागेको पनि उल्लेख गरेकी छिन्। आफ्नो पहिलो भारतीय प्रोजेक्ट यो भन्दा राम्रो हुनै नसक्ने उनको तर्क छ।

पूर्वमिस नेपालसमेत रहेकी निकिता लेख्छिन्, ‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु। भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो।’

भन्सालीको कुन फिल्ममा अभिनय गर्न लागेको हो भन्ने बारे निकिताले खुलाएकी छैनन्। तर भन्सालीले नयाँ फिल्म ‘लभ एण्ड वार’ निर्देशन गर्दैछन्। निकिताले सोही फिल्ममा काम गर्न लागेकी हुन् कि भन्ने अड्कल लगाउन सकिन्छ।

‘साङ्लो’बाट फिचर फिल्ममा डेब्यु गरेकी निकिताको तेस्रो कथानक फिल्म ‘राजागंज’ अहिले प्रदर्शन भइरहेको छ। दीपक रौनियार निर्देशित यो फिल्ममा उनले इन्सपेक्टर ममता गुप्ताको भूमिका निर्वाह गरेकी छन्, जसलाई धेरैले रुचाएका छन्।

भन्सालीको आगामी फिल्म ‘लभ एण्ड वार’ हो जुन रोमान्टिक ड्रामामा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल लगायतका स्टार कलाकार देखिनेछन्। यो फिल्म २० मार्च २०२६ मा रिलिज हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट