

काठमाडाैं । नयाँ पुस्ताका कमेडियनहरूले कमेडी शो ‘अँ प्रश्न के हो?’ ल्याउने भएका छन्।
‘कमेडी च्याम्पियन’का कलाकारहरू मिलेर यो शो ल्याउन लागेका हुन्। शोको मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ।
भोलिदेखि हरेक बुधबार ओएसआर रियालिटी युट्युबमा शो प्रशारण हुने कमेडी च्याम्पियनका कनटेस्टेण्ट प्रेम विश्वकर्माले बताए।
शोमा प्रेम विश्वकर्मा, लोमन सागर रेग्मी, कृष्ण गैरे, कुशल अधिकारी लगायतको प्रस्तुति रहनेछ। हरेक एपिसोडमा कलाकारहरू नयाँ–नयाँ क्यारेक्टरमा प्रस्तुत हुनेछन्।
२६ एपिसोड प्रशारणमा ल्याउने तयारीमा रहेको शोमा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहनेछ।
निर्देशकमा विनोद श्रेष्ठ छन्।