यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी-Sutra News

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसद्‍मा माफी मागेका गरेका छन्। बुधबार बसेकाे प्रतिनिधि सभाको बैठकको सुरूमै बाेलेका घिमिरेले सार्वजनिकरूपमा माफी मागेका हुन् ।



उनले यौन व्यवसायकाे विषयमा दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी बिचार रहेको बताएका छन् ।

घिमिरेले यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । जुन अभिव्यक्तिकाे चाैतर्फी आलोचना भएको छ ।

नेपाली कांग्रेसभित्रै पनि उक्त अभिव्यक्तिलाई लिएर कारबाहीकाे माग उठेकाे छ । चाैतर्फी आलोचनापछि घिमिरेले माफी मागेका हुन् ।

‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्, यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन’, संसद बैठकमा बाेल्दै घिमिरेले भने, ‘यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट