किन स्थगित भयो टेलिसिरियल ‘सक्कीगोनी’ ?-Sutra News

किन स्थगित भयो टेलिसिरियल ‘सक्कीगोनी’ ?

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । बहुचर्चित टेलिसिरियल ‘सक्कीगोनी’को निर्माण स्थगित भएको छ । टेलिसिरियलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जनाएअनुसार ‘सक्कीगोनी’को तेस्रो सिजन स्थगित गरिएको हो ।



घिमिरेले जनाएअनुसार चौथो सिजनको तयारीका लागि तत्काल निर्माण काम स्थगित गरिएको हो । ‘सक्कीगोनी’को तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन भएका थिए ।

उनले जनाएअनुसार चौथो सिजन केही फरक बनाउने तयारी भइरहेको छ । उनले चौथो सिजन कस्तो बनाउने भन्ने सुझाव पनि आम दर्शकसँग मागेका छन् ।

‘सक्कीगोनी’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ शिवरात्रीदेखि प्रदर्शनरत छ । जसको सफलतापछि हौसिएको टिमले टेलिसिरियललाई केही फरक बनाउन खोजेको देखिन्छ ।

‘सक्कीगोनी’ टेलिसिरियल सामाजिक सञ्जालमा निकै लोकप्रिय छ ।

सम्बन्धित समाचार

बक्स अफिसमा ‘लाज शरणम्’ र ‘होस्टेल ३’ बीच कडा प्रतिस्पर्धा, कमाई कसको बढी ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट