अमेरिकाको आप्रवासी नीति र देश निकालाको क्रम -Sutra News

अमेरिकाको आप्रवासी नीति र देश निकालाको क्रम 

बुधबार, ६ चैत्र २०८१

अमेरिका, विश्वका प्रमुख आप्रवासी गन्तव्यहरूमध्ये एक हो, जहाँ लाखौँ नेपाली नागरिकहरू आफ्नो भविष्यको खोजीमा बसिरहेका छन्। यद्यपि, हालको अमेरिकाको कडा आप्रवासी नीति र देश निकाला (डिपोर्टेशन ) प्रक्रियाले प्रवासी नेपाली समुदायलाई अत्यन्तै  चिन्तित बनाइरहेको छ।



अमेरिकाको आप्रवासी नीति पछिल्लो केही वर्ष यता निकै कडा बनिरहेको अवस्थामा ट्रम्प प्रशासनले अझै यसलाई कडा बनाउँदै लगिरहेको अवस्था छ। यस नीति अन्तर्गत, असामान्य भिसा उल्लंघन, अवैध बसोबास, र आप्रवासीहरूको कानुनी मापदण्डहरूको उल्लंघन गर्नेलाई देश निकाला गर्न अब सजिलो भएको छ। अहिले जोकोही ग्रीनकार्ड होल्डर अमेरिका छोडेर बाहिर जान सक्ने अवस्था छैन। गएर अमेरिका पुनः फिर्ता हुन सक्ने हो कि नसकिने हो कुनै टुङ्गो छैन।

अमेरिकी सरकारको उद्देश्य भनेको अवैध आप्रवासीहरूको संख्या घटाउनु र कानुनी मापदण्डहरूको पालना गर्न सबै आप्रवासीलाई बाध्य पार्नु हो। यस कारण पनि  हजारौँ आप्रवासीलाई देश निकाला हुने क्रममा छन्, जसले आप्रवासीहरूमा ठूलो प्रभाव पारिरहेको छ।

अमेरिकामा बसोबास गरिरहेका नेपाली नागरिकहरूको लागि यो नीति ठूलो चुनौतीको रूपमा प्रस्तुत भइरहेको छ। अवैध आप्रवासीहरू, विशेष गरेर भिसा समाप्त भएको वा नियम उल्लंघन गरेको व्यक्तिहरूलाई देश निकाला प्रक्रिया अन्तर्गत थुनामा राख्ने र नेपाल फिर्ता पठाउने कार्य तीव्र भइरहेको छ।

नेपाल फर्किने परिस्थितिहरू प्रवासी नेपालीहरूका लागि कठिन र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण छन्। यस्ता आप्रवासीहरूले आफ्नो जीवन यापन र पारिवारिक समृद्धिका लागि अमेरिका आएको भए पनि, अब उनीहरूको भविष्य अनिश्चित बनेको छ।

अहिले यहाँ बसेका आप्रवासीहरू आफै कन्फ्युजनमा छन्। उनीहरू यहाँको  कानुनी स्थिति बारे चिन्तित छन् दिन दिनै कानुनी सल्लाहका लागि त्यहाँको योग्य आप्रवासी वकिलसँग परामर्श लिइरहेको अवस्था पनि छ। अब अमेरिका सरकारको वर्तमान आप्रवासी नीतिहरूका बारेमा अपडेट नराखी सुखै चैनको अवस्था छ। कतिबेला को समातिने हो टुङ्गो छैन। यहाँको आप्रवासन नीतिको बारेमा थोरै भए पनि नीति बारेमा जानकारी राख्नुपर्छ भन्ने कुराको बोध हुँदै गएको अवस्था छ।

भिसा अवधि, काम अनुमति, र अन्य कानुनी कागजातहरूको पालना गर्नु  दिन दिनै झन् अत्यन्त आवश्यकता हुन गइरहेको अवस्था छ। अमेरिकाको कडा आप्रवासी नीति र देश निकाला प्रक्रिया प्रवासी नेपाली समुदायको लागि एक गम्भीर विषय बनिरहेको छ। यस अवस्थामा, सबै प्रवासी नेपालीलाई कानुनी मापदण्डहरूको पालना गर्दै सुरक्षित र जिम्मेवार नागरिकका रूपमा कार्य गर्न प्रेरित गर्न अत्यन्त आवश्यक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट