‘कामको समयमा पानीको बोतलमा पिसाब गरेका’ जोनसन बने संसारका सबैभन्दा धनी अभिनेता-Sutra News

‘कामको समयमा पानीको बोतलमा पिसाब गरेका’ जोनसन बने संसारका सबैभन्दा धनी अभिनेता

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको संसारका सबैभन्दा धनी (धेरै कमाउने) अभिनेताहरूको सूचीमा हलिउड अभिनेता ड्वेन जोनसन सन् २०२४ का सबैभन्दा धनी अभिनेता बनेका छन्।



४ वर्षपछि उनी सूचीको शीर्षस्थानमा फर्किएको फोर्ब्सले जनाएको छ। उनले गतवर्ष रायन रेनोल्ड्स र जेरी सेनफेल्डजस्ता कलाकारहरूलाई पछि पार्दै ठूलो रकम कमाए।

उनले गतवर्ष ‘रेड वान’, ‘मोआना २’को लागि उच्च पारिश्रमिक रकममा सम्झौता गरेका थिए। उनले सन् २०२४ मात्रै ८८ मिलियन डलर (१०३ मिलियन डलर ग्रस) कमाए।

सूचीको दोस्रो स्थानमा रायन रेनल्ड्स छन् जसले गतवर्ष ८५ मिलियन डलर (१०० मिलियन डलर ग्रस) कमाए। अभिनेता केभिन हार्ट सूचीको तेस्रो स्थानमा छन् जसले सो वर्ष ८१ मिलियन डलर (१०८ मिलियन डलर ग्रस) कमाए।

चौंथो स्थानमा जेरी सेनफिल्ड, पाँचौमा ह्यू ज्याकम्यान, छैटौंमा ब्राड पिट, सातौंमा जर्ज क्लुनी, आठौंमा अभिनेता निकोल किडम्यान, नवौंमा एडम स्यान्ड्लर र दशौंमा विल स्मिथ छन्।

शीर्ष २० भित्र जम्मा ३ जना अभिनेत्री छन्। जसमा किडम्यानसहित मारिस्का हार्गिटे र स्कारलेट जोहानसन छन्।

धेरै स्टारले स्ट्रिमिङबाट पनि धेरै पैसा कमाए। ब्राड पिट र जर्ज क्लुनीलाई ‘वुल्फ्स’का लागि ३५ मिलियन डलर पारिश्रमिक दिइएको थियो। ड्वेनले अब लियोनार्दो डिक्याप्रियो र एमिली ब्लन्टसँग मार्टिन स्कोरसेस फिल्ममा काम गर्नेछन्।

कामको समयमा पानीको बोतलमा पिसाब गर्ने अभिनेता

सबैभन्दा धेरै कमाउने सूचीमा अटाएका जोनसनले गत अक्टोबरमा कामको समयमा पानीको बोतलमा पिसाब गरेको बताएका थिए।

कहिलेकाँही सेटमा ढिलो पुगे पनि मिडियामा बताए जस्तो ढिलो नभएको उनले बताएका छन्। सेटमा आफूले पानीको बोतलमा पिसाब फेरेको चाँहि उनले स्वीकार गरेका थिए।

जीक्यू पत्रिकासँगको अन्तरवार्तामा, ड्वेन जोनसनले ढिला आउने आफ्नो बानीबारे सोधिएका प्रश्नहरूको जवाफ दिएका थिए।

उनले भने, ‘आएका खबरहरू पूर्णरुपमा सही थिएनन्। तर केही कुरा सत्य चाँहि थिए। मैले सधैं भनेको छु म यहीँ छु, आउनु मलाई सोध, म तिमीहरूलाई सत्य बताउनेछु।’

‘हो, मैले कामको समयमा पानीको बोतलमा पिसाब गरेको छु, तर समाचारमा भनिए जसरी म कहिलेकाहीँ आठ घण्टा ढिलो सेटमा आएको चाँहि सत्य होइन। यो सरासर बकवास हो। मलाई कामको जिम्मेवारी लिन मन पर्छ,’ उनले भनेका थिए।

‘जोनसनले कहिल्यै आफ्नो कामलाई छोड्दैनन्। हो, उनी कहिलेकाहीँ ढिलो सेटमा पुग्न सक्छ। तर सेटमा ढिलो पुग्नु हलिउडमा सामान्य कुरा हो। यो सबैसँग हुन्छ,’ ड्वेन जोनसनलाई समर्थन गर्दै रेड वन निर्देशक जेक कासदानले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट