भारतमा जर्मन शेफर्ड कुकुरले खाना खुवाउन गएकी मालिक्नीलाई टोकेर मार्यो-Sutra News

भारतमा जर्मन शेफर्ड कुकुरले खाना खुवाउन गएकी मालिक्नीलाई टोकेर मार्यो

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित कानपुरमा घरपालुवा कुकुरको टोकाइबाट मालिक्नीको मृत्यु भएको छ। यो कुकुर जर्मन शेफर्ड जातको हो।



नगर निगमको टोलीले कुकुरलाई आफ्नो नियन्त्रणमा लिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना विकास नगरमा भएको हो। गत हप्ता घटना भएको दिन सबैजना आ-आफ्नो कोठामा सुतिरहेका थिए। मोहिनी देवी कुकुरलाई खाना खुवाउन गइन्।

केही समयपछि कुकुर भुकेको आवाज आयो। घरमा भएका अरूले कुकुर सायद बाहिरी व्यक्ति वा केही देखेर भुकिरहेको छ भन्ने सोचे। तर त्यसपछि एउटी महिला चिच्याएको आवाज आयो।

परिवारका सदस्यहरू बाहिर निस्कँदा मोहिनी देवी रगतले लत्पतिएर भुइँमा लडिरहेकी थिइन्। उनको उमेर ८० वर्षभन्दा माथि भएको बताइएको छ।

कुकुरले उनको अनुहार पेट र कम्मरमा नराम्रोसँग टोकेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट