दुर्गेशले भने- एसईई परीक्षाभर स्टेजको लागि मलाई कल नगर्नु होला-Sutra News

दुर्गेशले भने- एसईई परीक्षाभर स्टेजको लागि मलाई कल नगर्नु होला

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । पछिल्लो समयको हित गीत ‘दुश्मन हेरको हेर्यै’बाट स्टेजमा भ्याइनभ्याइ हुँदै आएका गायक दुर्गेश थापाले केही समय स्टेज कार्यक्रम नगर्ने भएका छन्। विद्यालय शिक्षा परीक्षा (एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने उनले घोषणा गरेका हुन्।



सामाजिक संजाल फेसबुकमा एक पोस्ट राख्दै उनले उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन्।

उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ। यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ। ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ। यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु।’

उनले विद्यार्थीहरूलाई परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न भन्दै अगाडी लेखेका छन्, ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो। त्यसैले, जब हजुरहरुको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।’

दुर्गेशको ‘दुस्मन हेरेको हेरै’ गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। साथमा, स्टेज कार्यक्रममा पनि यो गीतको उच्च डिमाण्ड छ।

यसवर्षको एसईई विहिबारदेखि सुरु हुँदैछ। यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट