‘पिताम्बर’सँग जुध्नु परेपछि झस्किए हमाल, ‘नरसिंहा अवतार’को प्रदर्शन मिति सर्यो-Sutra News

‘पिताम्बर’सँग जुध्नु परेपछि झस्किए हमाल, ‘नरसिंहा अवतार’को प्रदर्शन मिति सर्यो

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहा अवतार’को प्रदर्शन मिति अनिश्चित भएको छ।



चैत २९ गते चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुने दिन ‘नरसिंहा अवतार’ पनि रिलिज हुने तयारी थियो। तर, अब यो मितिमा नआउने पक्का भएको निर्देशक दिवाकर भट्टराईले बताए।

‘हाम्रो चलचित्रको काम पनि केही बाँकी रह्यो। अरु पनि त्यही मितिमा आउने भएपछि अहिलेलाई हामी तोकिएको मिति चैत २९ मा नआउने निर्णयमा पुगेका छौँ’, निर्देशक भट्टराईले भने।

उनका अनुसार यही मितिमा आउने भन्ने निश्चित नभए पनि वैशाख र जेठभित्र रिलिज गर्ने तयारी छ।

राजेश हमालले अरुसँग जुध्नेगरी एउटै मितिमा नआउन सल्लाह दिएपछि निर्देशक पछि हटेको बुझिएको छ। राजेशले कुनै पनि चलचित्र नआउने गरी चलचित्र लगाउन भनेका छन्।

‘अब हामी अरु नभएको मिति तोक्ने छौँ। हामी पछि कोही आयो भन्ने छुट्टै कुरा हो। तर, हामी अरुसँग गएर जुध्दैनौँ,’ दिवाकरले भने।

चलचित्रमा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराईलगायतको अभिनय छ।

राजेश हमालले आठ वर्षपछि चलचित्रमा कमब्याक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट