राप्रपा महामन्त्री राणाले भने- पार्टीले भन्दैमा ब्याक हुन्न, नवराज सुवेदीलाई सहयोग गर्छु-Sutra News

राप्रपा महामन्त्री राणाले भने- पार्टीले भन्दैमा ब्याक हुन्न, नवराज सुवेदीलाई सहयोग गर्छु

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवलशमशेर जबराले नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिबाट आफू अलग नहुने बताएका छन्।



पंचायतकालिन मन्त्री नवराज सुवेदीको नेतृत्वमा राजा फर्काउने समिति गठन भएको छ।

सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन्। मिश्र सदस्य सचिव रहेका छन्।

तर, राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि आफैंले आन्दोलनको अगुवाइ गर्ने निर्णय गरेको छ। नवराज सुवेदीको संयोजकत्वमा बनेको समितिमा सहभागी नहुने भन्दै राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।

राप्रपाले महामन्त्री राणाको जिम्मेवारीपनि खोसेको छ। त्यसअघि राणा राजा फर्काउने आन्दोलनको नेतृत्व उनै रानाले गरेका थिए।

त्यसपछि रानाले पार्टीले भन्दैमा आफू सुवेदीको नेतृत्वमा रहेको समितिबाट अलग नहुने स्पष्ट पारेका हुन्।

रिपोर्टर्स क्लवमा कुराकानी गर्दै उनले भने, ‘म र रवीन्द्र मिश्रजी नवराज सुवेदीज्यूको नेतृत्वमा बनेको जनआन्दोलन परिचालन समितिमा छौं। रवीन्द्रजी सदस्य सचिव र आन्दोलन परिचालन समितिको संयोजकमा म छु। अब पार्टीले भन्दैमा ब्याक हुँदैनौं। त्यो समितिको नेतृत्वमा आन्दोलन हुन्छ। नवराज सुवेदीले नै राजसंस्था फर्काउने आन्दोलनको अगुवाई गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट