बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा बालाजुका एक गेष्ट हाउस सञ्चालक पक्राउ-Sutra News

बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा बालाजुका एक गेष्ट हाउस सञ्चालक पक्राउ

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ।



उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो।

साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ।

लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट