गणतन्त्रको राजमा श्रीपेचको सौन्दर्य शास्त्र-Sutra News

गणतन्त्रको राजमा श्रीपेचको सौन्दर्य शास्त्र

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

श्रीपेच अब इतिहास भइसकेको छ । यो स्थायीरूपमा प्रदर्शनीमा थन्किएको छ । यसलाई अवलोकन गर्न सयौँ नेपाली अझै नारायणहिटी संग्रहालयमा जान्छन् । किन जान्छन् त यति धेरै नेपाली भूपू राजाले लगाएको श्रीपेच हेर्न ? नेपालीलाई उसको इतिहास प्रति मोह त छ नै तर, विडम्बना श्रीपेच पहिरिनेहरूले यसको सौन्दर्य शास्त्रलाई बुझेनन् र बचाउ गर्न सकेनन् ।



हामीलाई श्रीपेच प्रति धेरै मोह रहेछ, नत्र किन यति धेरै नेपालीको दिलभित्र श्रीपेचको मोह अझै पनि जीवित छ ? इतिहासको त्यो श्रीपेचको मूल्य मान्यता देखेरै यसलाई हरेक दिन हेर्नेको घुइँचो लाग्छ । हामी नेपालीहरू इतिहासलाई माया गर्छौं । आदर गर्छौं । सम्मान गर्छौं । इतिहासलाई इतिहासमै रहन दिइयो भने यसको गरिमा मेटिन्न । इतिहासबाट खजाना मिल्छ भनेर खोस्रिन थालियो भने फेरि चिहानबाट हड्डी झिक्न खोजे जस्तै हुन्छ । अब चिहान खन्ने होइन । त्यो इमारतलाई परबाट हेरेर हाम्रो इतिहास यस्तो थियो भनेर महसुस गर्नुमा नै श्रेष्ठ हुन्छ ।

एउटा गरिबलाई सोध्यो भने धनी हुन पाउँ भन्छ । एउटा राजनीतिज्ञलाई सोध्यो भने म यो देशको प्रधानमन्त्री वा राजा हुन पाउँ भन्छ, एक जना विद्यार्थीलाई सोध्यो भने परीक्षामा प्रथम हुन पाउँ भन्छ अनि एउटा भोको व्यक्तिलाई सोध्यो भने उसको इच्छा भर पेट खान पाउँ भन्ने हुन्छ ।

हो श्रीपेच शिरमा सुहाउँछ तर, श्रीपेच लगाउन खोज्नेले आफ्नो हैसियत र श्रीपेचको सौन्दर्य शास्त्र पनि त बुझ्नु पर्‍यो नि । जिन्दगीको सर्वोच्च सपना के हो भनेर कसैलाई प्रश्न गर्‍यो भने व्यक्तिअनुसार फरक–फरक उत्तर आउँछ । एउटा गरिबलाई सोध्यो भने धनी हुन पाउँ भन्छ । एउटा राजनीतिज्ञलाई सोध्यो भने म यो देशको प्रधानमन्त्री वा राजा हुन पाउँ भन्छ, एक जना विद्यार्थीलाई सोध्यो भने परीक्षामा प्रथम हुन पाउँ भन्छ अनि एउटा भोको व्यक्तिलाई सोध्यो भने उसको इच्छा भर पेट खान पाउँ भन्ने हुन्छ ।

श्रीपेचको सौन्दर्य शास्त्र पनि यही हो कि यसलाई लगाउने मान्छे विशेष होस्, अवशेष नहोस् । धर्मात्मा होस्, निडर होस्, लोककल्याणकारी होस्, न्याय र अन्याय छुट्टाउन सक्ने होस् । उ यो देशको कालिगण्डकी जस्तै निर्मल होस् । स्वतन्त्रताको हिमायती होस्, बलशाली होस्, सबै कुरामा विज्ञ होस् । ज्ञानी होस् । यो देशको गरिबी, भोकमरी निवारणका लागि सदैव दत्तचित्त होस् । लोकको हित नै मेरो हित भन्ने भावनाबाट कहिले बिचल्लीत नहोस् । वास्तवमा श्रीपेचको सौन्दर्य शास्त्र त यही थियो । र, यही हो पनि । त्यही श्रीपेच जसको शिरमा हुँदा वैरीहरू झुक्थे । तर, त्यही श्रीपेच पछि जसले पहिरिए, उनको शिरमा हुँदा कुनै नेपालीले पनि गर्वानुभुती गर्न सकेनन् र परिणामस्वरूप नेपालमा श्रीपेच लगाउने राजाहरूको अन्त भो ।

नेपालका अन्तिम राजा जसले यो श्रीपेच पहिरिए उनमा हामीले खोजेजस्तो सौन्दर्य शास्त्र यसमा भेट्न सकेनौ । यो श्रीपेच उनले खोसेर जबर्जस्ती पहिरिए जस्तो देखियो । योभित्र अनेकौँ जालझेल, हिंसा र रगत लतपतिए जस्तो महसुस भयो । यो हठ, जिद्दी, अपराध बेइमानी, छलकपट गरी खोसेर पहिरिएको जस्तो अनुभूति भो नेपाली जनतालाई । राजा हुन मन लाग्दा कुलको नै बद गर्ने यदुबम्शीको कथा जस्तो लाग्न थाल्यो । र, परिणामस्वरूप त्यो श्रीपेचको सौन्दर्य र यसको वीरशाली वैभव अटल राख्न यसलाई वीरेन्द्रको दरबारको एक कुनामा सिसाको सोकेसभित्र सजाएर राख्न नेपाली बाध्य भयो ।

नेपालका अन्तिम राजा जसले यो श्रीपेच पहिरिए उनमा हामीले खोजेजस्तो सौन्दर्य शास्त्र यसमा भेट्न सकेनौ । यो श्रीपेच उनले खोसेर जबर्जस्ती पहिरिए जस्तो देखियो । योभित्र अनेकौँ जालझेल, हिंसा र रगत लतपतिए जस्तो महसुस भयो । यो हठ, जिद्दी, अपराध बेइमानी, छलकपट गरी खोसेर पहिरिएको जस्तो अनुभूति भो नेपाली जनतालाई ।

राजाले राजाबाट श्रीपेच खोस्ने र आफै पहिरिने बर्बरता नेपाली इतिहासमा बेला–बेलामा भएकै हो । त्यसपछि त्यो परम्पराको अन्त नेपाली जनताले नै गर्‍यो । राजगद्दीमा त बस्न लायक व्यक्ति मात्रै बस्न सुहाउँछ भन्ने अनुभूति भो जति बेला वीरेन्द्रको वंश सक्कियो । अहिले त्यही श्रीपेच पायो भने आफै लगाउने चुरीफुरी गर्दैछन्, नेपाली नेताहरू सबैभन्दा दुःखद कुरा भने यही हो । हरेक नेताले आफूलाई राजा सम्झिने र जनतालाई रैती सम्झिने दुःखद दिन त्यतिबेलादेखि नै सुरु भो, जति बेला ज्ञानेन्द्रले आफ्नो सीरको श्रीपेच बुझाए ।

आफ्नै शिरमा लगाउन खोज्दैछन्, अहिलेका उत्तर आधुनिक महाराज बन्न खोज्ने नेपाली नेताहरू र उनीहरू स्वयंले गणतन्त्रको उपहास गर्दैछन् । फेरि एक पटक इतिहासको गर्तमा विलीन राजा चिहानबाट चियाउँदै छन्, मुस्कुराउँदैछन्, यहाँको दरिद्र परिस्थिति देखेर । आफ्नो भूगोलको परिस्थिति सुधार गर्न उनलाई पनि पुनः राजा नै हुनुपर्ने रहेछ, सामान्य नागरिक बनेर होइन । रामराज्यको कल्पना गर्नु बेकार छ । आखिर सबैलाई कुर्सी र राजगद्दी नै त चाहिएको रहेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट