

काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङको अभिव्यक्तिले भ्रम फैल्याएको नेकपा एमालेका सांसद ठाकुर गैरेले बताएका छन् ।
ऊर्जामन्त्री खड्काले लोडसेडिङ सुरू भएको बताएलगत्तै प्राधिकरणका निर्देशक कुलमानले लोडसेडिङ नहुने जवाफ दिएपछि ठाकुरले यो विषय संसद्मा उठाएका हुन् । बुधबार ऊर्जामन्त्री खड्काले भारतबाट विद्युत् आयात घटेकाले अबदेखि साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए ।
मुलुकभित्रको उत्पादन करिब एक हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको दाबी उनले गरेका थिए ।