अमेरिकाबाट निष्कासित भएर आउनेप्रति प्रधानमन्त्रीले भने– असाध्यै नराम्राे कुरा-Sutra News

अमेरिकाबाट निष्कासित भएर आउनेप्रति प्रधानमन्त्रीले भने– असाध्यै नराम्राे कुरा

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । अमेरिकाबाट निष्कासित भएर आउने नेपालीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले घृणा व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो भाव व्यक्त गरेका हुन् ।



प्रधानमन्त्रीले नेपाली जनताको चेतनाको वृद्धि गर्न जरुरी रहेको बताए ।

“ठूलो संख्यमा बाहिर जाने भन्ने प्रश्न छ, खेत छ उत्पादन गर्न छाडेर बाहिर जानु, तल्लो बाटो भएर अमेरिका जानु र निष्कासित भएर आउनु उचित होइन ”, प्रधानमन्त्रीले ओलीले भनेका छन्, “चेतनाको कमी छ चेतना वृद्धि गर्न जरुरी छ, केही पनि भएन भन्ने भाष्य बनाउन खोजिएको छ त्यसले कलिलो मस्तिष्कमा निराशा भाव फैलिएको छ ।”

उनले सरकार मुलुकमै अवस्था राम्रो छ भन्ने बनाउन लागि परेको बताए । उनले विदेशबाट फर्किएका युवाहरुलाई अवसर दिने गरी काम थालिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट