अनलाइन जुवा प्रचारको आरोपमा विजय देवराकोंडासहित २५ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता-Sutra News

अनलाइन जुवा प्रचारको आरोपमा विजय देवराकोंडासहित २५ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

तेलंगाना (भारत) । भारतको तेलंगाना प्रहरीमा राणा दग्गुबाती, प्रकाश राज, विजय देवराकोंडा, मन्चु लक्ष्मी, प्रनिता, नीधि अग्रवाललगायत २५ तलिउड सेलिब्रेटी र इन्फ्लुएन्सरविरुद्ध अवैध सट्टेबाजी एप्सको प्रचार गरेको आरोपमा एफआईआर दर्ता भएको छ।



न्यूज एजेन्सी एनएनआईका अनुसार ३२ वर्षीय फणीन्द्र शर्मा नामक व्यापारीले हैदराबादको मियापुर प्रहरी चौकीमा रिपोर्ट दर्ता गरेका हुन्।

अनन्या, श्रीमुखी, सिरी हनुमन्थु, श्यामला, वर्षिनी, शोभा, नेहा, पाण्डु, पद्मावती, इमरान खान, विष्णु प्रिया, हर्षा साई, सन्नी यादव, टेस्टी तेजा र रितु नामक इन्फ्लुएन्सरलाई समेत मुद्दा दायर गरिएको जनाइएको छ।

अभिनेता र सामाजिक सञ्जाल इन्फ्लुएन्सरले जानाजानी बेटिंग एपहरूको प्रचार गरिरहेको र समाजका युवाहरूलाई भ्रष्ट तुल्याएको आरोप छ। यसले गर्दा धेरै मानिस आर्थिक समस्यामा परिरहेको गुनासो समेत उल्लेख छ।

उजुरीकर्ताका अनुसार, यी बेटिंग एप प्लेटफर्मले जुवा कानून र नियमहरू, विशेष गरी १८६७ को सार्वजनिक जुवा ऐनको प्रत्यक्षरुपमा उल्लंघन गरेको भनिएको छ।

‘यो लतले गर्दा छोटो अवधिमा जोखिमपूर्ण रुपमा पैसा कमाउने व्यवहारलाई प्रोत्साहन गरेर व्यक्ति र समाजलाई हानि पुर्‍याएको छ, जसले गर्दा आर्थिक संकट निम्त्याउँछ’ उजुरीमा भनिएको छ।

-एएनआईबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट