शाहरूखलाई उछिन्दै अमिताभ बने सबैभन्दा बढी कर तिर्ने कलाकार, कति छ कुल सम्पत्ति ?-Sutra News

शाहरूखलाई उछिन्दै अमिताभ बने सबैभन्दा बढी कर तिर्ने कलाकार, कति छ कुल सम्पत्ति ?

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

एजेन्सी : बलिउडमा महानायक भनिने अमिताभ बच्चन सन् २०२४/२५ मा सबभन्दा धेरै कर तिर्ने भारतीय कलाकार बनेका छन्।



उनले १२० करोड भारू कर तिरेका छन्। कर तिर्ने मामिलामा उनले अभिनेता शाहरूख खानलाई समेत पछाडि पारेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

यसवर्ष अमिताभ बच्चनको कुल कमाइ ३५० करोड भारू छ। उनले यो ब्रान्ड एम्बेडर, फिल्म र कौन बनेगा करोडपति शो होस्ट गरेर कमाएका हुन्। अमिताभले पछिल्लो वर्ष ७१ करोड भारू कर तिरेका थिए।

पछिल्लो वर्ष अभिनेता शाहरूख खानले ९२ करोड भारू कर तिरेर सबभन्दा धेरै कर तिर्ने अभिनेता बनेका थिए भने यसवर्ष अमिताभ बच्चनले उछिनेका छन्।

अमिताभसँग कुल सम्पत्ति १६०० करोड भारू छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट