राजेश हमालपछि निखिल पनि फिल्ममा कमब्याक गर्दै, आफ्नै लगानी र निर्देशनमा दर्ता गरे ‘आचार्य’-Sutra News

राजेश हमालपछि निखिल पनि फिल्ममा कमब्याक गर्दै, आफ्नै लगानी र निर्देशनमा दर्ता गरे ‘आचार्य’

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । अभिनेता तथा निदेशक निखिल उप्रेती ७ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका छन्। आफैंले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’बाट उनी फिल्ममा कमब्याक गर्न लागेका हुन्।



‘आचार्य’का लागि उप्रेतीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजतसमेत लिइसकेका छन्।

कलाकारमा आफू र संचिता लुइँटेलको नाम राखेर निखिलले निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म दर्ता गरेका हुन्।

चलचित्र विकास बोर्डका अनुसार १७ फिल्मले फागुनमा मात्र निर्माण इजाजत लिएका छन्।

‘भैरव’पछि निखिलको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ। उनले पछिल्लो पटक फिल्म ‘भिलेन’मा अभिनय गरेका थिए।

यसअघि महानायकको उपाधि पाएका राजेश हमाल पनि ८ वर्षपछि फिल्म ‘नरसिंहा अवतार’मार्फत फिल्ममा फर्किएका छन्। जुन फिल्मको प्रदर्शन मिति यही चैत २९ लाई तोकिएको भएपनि अहिले सारिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट