त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ बाट दैनिक १८ घण्टा उडान हुने-Sutra News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ बाट दैनिक १८ घण्टा उडान हुने

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १८ घण्टा उडान हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आगामी चैत १९ गतेदेखि विमानस्थल राती १२ बजेसम्म खुल्ला राख्ने जनाएको छ ।



प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको हो । उक्त निर्माणकार्य भइरहेको प्रगति अनुसार अहिले दैनिक १६ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको छ। गएको कार्तिकबाट अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवधि र सङ्ख्या दैनिक दुई घण्टा कटौती गरी ह्याङ्गर एप्रोन र ट्याक्सी वेलगायत पूर्वाधारको निर्माणको काम थालनि गरिएको थियो ।

प्राधिकरणका अनुसार अहिले ७० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ। यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजे देखी राति २ बजेसम्म दैनिक २० घण्टा उडान सञ्चालन हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट