

काठमाडौं । मेटाले आफ्नो म्यासेजिङ एप ह्वाट्सएपलाई थप परिस्कृत बनाउन खोजेको छ। कम्पनीले ह्वाट्सएपको स्टाटसमा गीतसंगीत राख्न मिल्ने फिचर थपेको छ।
यससँगै फेसबुक तथा इन्स्टाग्राममा जसरी नै ह्वाट्सएपको स्टाटसमा पनि गीतसंगीत राख्न मिल्ने भएको हो।
कम्पनीले स्पोटिफाइसँग इन्टिग्रेसन गरेर यो फिचर थपेको हो। मेटाले आधिकारीक रूपमा यसबारे जानकारी भने दिइसकेको छैन।
ह्वाट्सएपको अपडेटेड संस्करणमा धेरै प्रयोगकर्ताले यो फिचर प्राप्त गरेका छन्। चाँडै नै कम्पनीले औपचारिक रूपमा यो फिचर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।