आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित-Sutra News

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१
file

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।



बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रश्तुत गर्नुभएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त विधेयक पारित भएको हो ।

विधेयकमाथि सांसदहरुले संशोधन प्रश्ताव राख्नु भएको थियो । तर दुईवटा बाहेक सबै संशोधनहरु बहुमतले अस्वीकृत भए । अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट