

काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश बनेको छ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ।
नेपाल सन् २०२१ मा पनि यस सूचीको पहिलो स्थानमा थियो। त्यसबेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए भने यसपटक पनि उनी नै प्रधानमन्त्री छन्।
त्यसपछि सन् २०२२, २०२३ र २०२४ मा लगातार यो सीचीको शीर्ष स्थानमा रहँदै आएको छ।
डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ भने पाकिस्तान १०९ औं स्थानमा रहेको छ।
छिमेकी मुलुक भारत भने ११८ औ स्थानमा रहेको छ। यसैगरी श्रीलंका १३३ औ स्थान, चीन ६८ औ स्थान, अमेरिका २४ औ स्थान र बंगलादेश १३४ औ स्थानमा रहेको छ।
विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ। दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ।
जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ।
उत्कृष्ट १० खुसी देश
१. फिनल्याण्ड
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्वीडेन
५. नेदरल्याण्डस्
६. कोस्टारिका
७. नोर्वे
८. इजरायल
९.लग्जम्बर्ग
१०. मेक्सि