आज शुक्रबार : यस्तो छ तपाईको राशिफल-Sutra News

आज शुक्रबार : यस्तो छ तपाईको राशिफल

शुक्रबार, ८ चैत्र २०८१

शुक्रबार, ८ चैत्र २०८१

आज मिती २०८१ साल चैत महिनाको ८ गते शुक्रबार तदनुसार मार्च महीनाको २१ तारीख सन् २०२५, चैत कृष्ण पक्षको सप्तमी तिथी, आज बिहान ६ बजेर ६ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर १५ मिनेटमा अस्ताउने छ ।



मेष राशी: दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय हुनाले तार्किक क्षमता पनि बढ्ला । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त हुने योग रहेपनि प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

बृष राशि: व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने दिन हुनाका साथै अन्यका हकमा पनि समय राम्रै छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । आर्थिक लाभ हुने कार्यमा उत्साहजनक फाइदा हुने समय रहेपनि इर्ष्या गर्नेहरूले काममा अवरोध गर्नसक्ने सम्भावनाप्रति सचेत रहनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ने योग देखिन्छ ।

मीथुन राशि: सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध पुग्नसक्ने समय भएपनि परिवारजनको साथले काममा उत्साह जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिने दिन रहेकाले दाम्पत्यजीवन सुखमय बन्ला । परोपकारमा मन जानुका साथै स्वास्थ्य भने केही कमजोर भएको अनुभुति होला । आँट बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि: आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्ने समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने समय रहेकाले काममा भएको ढिलासुस्तीले चिन्ता बढाउन सक्छ, धैर्य राख्नुहोला । अप्रिय समाचारले दुःखी बनाउन सक्ने योग रहेपनि यात्रागत कार्य सफल हुनेछ । सुख वृद्धि हुनाका साथै रोकिएको काम बन्ने योग देखिन्छ ।

सिंह राशि: तपाईका लागि आजको दिन मिश्रित फलदायी रहेरपनि राम्रै आम्दानी हुने रोजगारीको प्रस्ताव आउन सक्छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा पनि सोचेको फाइदा नउठ्ने योग छ ।

कन्या राशि: तपाईका लागि आजको समय निकै नै शुभदायी छ । व्यापारमा राम्रै फाइदा हुने र आँटेका काम समयमै सम्पादन हुने देखिन्छ । दिर्घकालिन लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनाका साथै मित्रजनबाट विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने योग छ ।

तुला राशी: तपाईका लागि आजको दिन अलिक असहजरूपले बित्ने देखिन्छ । अनावश्यक भ्रमण हुन सक्ने तथा स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तर सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ भने यशवर्चश्व बढ्नेछ ।
बृश्चिक राशि: कर्मबल बढ्नुका साथै प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । उद्योग र व्यापारमा फाइदा भएपनि केही खर्च बढ्ला । आजको दिन योजना र बजेट बनाइ कार्य गर्न विशेष प्रयत्न गर्नु तपाईका लागि उचित हुनेछ ।

धनु राशि: सानातिना काम र घरेलु समस्या देखापरेपनि रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी हुने योग रहेपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्ने सम्भावना रहेकाले सचेत रहनु हितकर हुनेछ ।

मकर राशि: आजको दिन कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम समयमै सम्पादन नहुन सक्ने हुनाले ध्यान राख्नुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुन सक्छ । आज मेहनतअनुसार फाइदा कम हुनाका साथै जोखिम बढ्नेछ ।

कुम्भ राशि: मनमा कुनै कुरामा डरको भाव पैदा भएपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नुका साथै ठीक समयमा सही निर्णय लिन सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने तथा रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने कामको चापबाट फुर्सद पाइएला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

र, मिन राशि: अरूको फाइदाका लागि उपयोग भइने दिन रहेकाले परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्ने योग छ । अरूका काममा समय बित्न सक्ने समय रहेकाले उपलब्धि प्राप्त गर्न निकै मेहनत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनुका साथै आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिकुलताका बाबजुद साहस कायम रहेकाले समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट