फिल्म ‘११ः५५’को प्रिमियर हेरेपछि कसले, के भने ?-Sutra News

फिल्म ‘११ः५५’को प्रिमियर हेरेपछि कसले, के भने ?

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार बेलुकी प्रिमियर गरिएको छ। कमलपोखरी स्थित सिटीसेन्टरको बिग मुभिजमा आयोजित प्रिमियर फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो।



यो फिल्म हेर्न पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित विष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत फिल्म ‘होस्टेल ३’ निर्माण टिम हल पुगेको थियो।

फिल्म हेरेर हलबाट निस्कदै गर्दा क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म निर्माण भएको प्रतिक्रिया दिएका थिए।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको उत्कृष्ट फिल्म ‘११:५५’ रहेको बताइन्। अझ विशेष त अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको बताइन्।

डेब्यू निर्देशक केशव पाण्डेले सस्पेन्स क्राइम थ्रिलर जनराका फिल्म रूचाउने दर्शकका लागि उत्कृष्ठ फिल्म पस्केको उनको भनाइ छ।

निर्देशक सुवर्ण थापाले नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा फिल्म बन्ने भएकाले पनि यस्ता फिल्मलाई प्रोत्साहन गर्नु पर्ने बताए।

कलाकार दीपक आचार्य (काकु) ले फिल्म उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जितेको बताए। उनले फिल्ममा अभिनय गरेका अन्य कलाकार र निर्देशकको समेत तारिफ गरेका थिए।

फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र डेब्यू अभिनेता सागर खनालले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन्।

फिल्मका डेब्यू निर्देशक केशव पाण्डेले पनि आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए।

‘मैले जुन सपना देखेर यो फिल्म निर्माण गरेका थिए। त्यो पाउँदा निकै खुशी लागेको बताए। मेरो कथालाई मैले छानेका कलाकारहरूले जिवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु,’ निर्देशक पाण्डेले भने।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।

बिचित्र फिल्म्स र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्ममा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन्। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

यो फिल्म चैत ८ गते शुक्रबारबाट प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट