घट्यो सुनचाँदीको मूल्य-Sutra News

घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, ८ चैत्र २०८१

शुक्रबार, ८ चैत्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।



बुधबार प्रतितोला ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर थियो । तर, शुक्रबार भने प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घटिरहँदा शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा शुक्रबार प्रतितोला ३५ रुपैयाँले चाँदीको मूल्य घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३० डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार