

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दाको पुनरावेदनका लागि उच्च अदालत गएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दाको पुनरावेदनका लागि उनी उच्च अदालत पाटन पुगेका हुन्। उनलाई सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको उक्त आदेश विरुद्ध सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।