सरकार नाङ्गियो अब क्रान्तिका लागि तयार रहौँ : रवि लामिछाने-Sutra News

सरकार नाङ्गियो अब क्रान्तिका लागि तयार रहौँ : रवि लामिछाने

शुक्रबार, ८ चैत्र २०८१

शुक्रबार, ८ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल गरेका छन् । शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।



लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि अदालतहरूमा हिँडेको बताए ।

सँगै उनले भनेका छन्, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन ।’ उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट