सरकार र व्यवस्था परिवर्तन गर्ने आशय भारतको छैन : परराष्ट्रमन्त्री राणा-Sutra News

सरकार र व्यवस्था परिवर्तन गर्ने आशय भारतको छैन : परराष्ट्रमन्त्री राणा

शुक्रबार, ८ चैत्र २०८१

शुक्रबार, ८ चैत्र २०८१

काठमाडौं । पछिल्लो समय मुलुकमा राजावादी गतिविधिहरु बढ्दै जाँदा भारत भ्रमण सकेर आज स्वदेश फर्किए पश्चात परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।



शुक्रवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको आफूले पाएको बताएकी हुन् ।

‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ’, नेपालमा राजावादीहरूको चलखेल बढिरहेको प्रसङ्गमा उनले भनिन्, ‘अहिलेको सरकारसँग भारतीय पक्ष जोडिरहनुभएको छ । सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट